काठमाडौं । रक्षामन्त्री मानवीर राईले नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक) ०८३ सालसम्म सक्न कठिन रहेको जानकारी दिएका छन् । बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा उनले फास्ट ट्रयाकको काम ०८३ भित्र सक्ने सम्भावना कठिन भएको बताएका हुन् । मन्त्री राईले भने, ‘०८३ सालभित्र काठमाडौं तराई–मधेस द्रुत मार्ग (फास्ट…