धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले गठन गरेको तीन सदस्यीय टोलीले धरानमा विमानस्थल निर्माणका लागि स्थलगत अध्ययन सुरु गरेको हो । सो अध्ययनका लागि आज धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राईसहितको टोली डाँडाघोपामा पुगेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको निर्देशनमा गत कात्तिक २३ गते…