Logo

मुख्य समाचार

पाँच निर्माण कम्पनी सरकारको कालो सूचीमा


GDP नेपाल
   १९ मंसिर २०८०, मंगलबार


काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँच निर्माण कम्पनीलाई कालोसूचीमा चढाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार तीन निर्माण कम्पनी भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी पुतलीसडकलाई तीन वर्षसम्म कालोसूचीमा रहनेगरी चढाएको हो ।

भारत कन्सट्रक्सनका मुख्य व्यक्ति राजिव गुर्गा, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका दीपेन्द्रबहादुर शाही र मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी रहेका छन् । मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो ।

कालोसूचीमा परेका कम्पनीहरुले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

यस्तै मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ । शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट पनि एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन् ।

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का.म.न.पा –१६ र इजोन निर्माण सेवा,जुम्ला पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् । इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन् ।
कालोसूचीमा परेका पाँचवटै निर्माण कम्पनीलाई सडक विभग र स्थानीय तहको सिफरिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।

प्रकाशित : १९ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह