काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका जनाएको छ । समितिले आइतबार तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गर्दै एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा प्रश्न खडा गरेको हो । समितिले एनसेलको विदेशी होल्डिङ…