काठमाडौं । सरकारले फेसबुकसहितका सामाजिक सञ्जाललाई दर्ता हुन दिएको म्याद चैत ७ (आज) समाप्त हुँदैछ । आइतबारसम्ममा सामाजिक सञ्जालाई दर्ता हुन सार्वजनिक सूचना जारी गरे पनि फेसबुकले पटकपटक अस्विकार गर्दै आएकाले यसपटक पनि त्यति गम्भीरतापूर्वक लिएको छैन ।
सामाजिक सञ्जाल फेसबुक, इन्ट्राग्रामसहितलाई दर्ता हुन दिएको समयसीमा आगामी आइतबार सकिँदै छ ।
आइतबार कार्यालय समयभित्र नेपालमा फेसबुकसहिताक सामाजिक सञ्चालन दर्ता नभए बन्द गरिदिने चेतावनी सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले दिएको छन् ।
उनले शुक्रबार एक कार्यक्रममा नेपालको कानूनअनुसार दर्ता नभए फेसबुकसहितका सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्नसक्ने बताएका थिए ।
गुरुङले भने ‘नेपालमा सञ्चालन भएका फेसबुकलगायत सामाजिक सञ्जालका सञ्चालकहरुले दर्ता गर्ने समयसीमा सकिन लाग्दा समेत दर्ता प्रक्रियामा आएका छैनन् । नेपालको संविधान, ऐन तथा कानूनअनुसार तोकिएको समयमा दर्ता नभए त्यस्ता सामाजिक सञ्जालहरुमाथि प्रतिवन्ध लगाउन सकिने सकिन्छ ।’
उनले देशको स्वाभिमान बिथोल्ने गरी सामाजिक सञ्जालमा विभिन्न प्रचारप्रसार हुने गरेको भन्दै त्यसको नियमन हुनुपर्ने बताए । फेक आइडी बनाएर समाजमा विकृति निम्त्याउने तथा हिंसाको प्रवर्धन हुनेगरी सामाजिक सञ्जालमा प्रचार हुने गरेको बताउँदै गुरुङले भने यस्तै विकृति नियन्त्रण गर्न दर्ता हुनुपर्ने व्यवस्था गर्न खोजिएको हो । सामाजिक सञ्जालहरु नेपालमा दर्ता नभएकै कारण सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक रोकिएको पनि उनको दाबी छ ।










प्रतिक्रिया