काठमाडौं । कांग्रेस सांसद सुशीला थिङले बिहीबार संसदको शून्य समयमा रोचक कुरा सुनाइन् । सत्तारुढ दलको सचेतकसमेत रहेकी सांसद थिङले अविवाहित नागरिकको अधिकारका विषयमा आवाज उठाउँदा अन्य सांसदहरुले ताली बजाएर समर्थन गरे । बाबुआमा बितेपछि अविवाहित नागरिकको अभिभावक राज्य नै हुनुपर्नेमा राज्यले उल्टै बढी कर लिइरहेको भन्दै उनले यसलाई सच्याउन अर्थमन्त्रीसँग माग गरेकी हुन् ।…