Logo

अर्थनीति

आज शनिवार पनि प्रतिनिधि सभा बैठक; बजेट पारित गर्ने चटारो


gdpnepal
   ७ असार २०८२, शनिबार


काठमाडौं । आज शनिवार पनि प्रतिनिधि सभा बैठक बस्दैछ । सामान्यतया बिदाका दिन बैठक नबस्ने भए पनि बजेट पारित गर्ने चटारोका कारण बस्न लागेको हो ।

संघीय संसद् प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ । 

सरकारले जेठ १५ गते सदनमा प्रस्तुत गरेको ‘विनियोजन विधेयक, २०८२’ माथिको छलफल जारी छ । बैठकमा विभिन्न १० वटा मन्त्रालयको बजेट प्रस्ताव माथि छलफल हुने सम्भावित कार्यसूची छ । 

बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, रक्षा मन्त्रालय, खानेपानी मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वार्षिक विनियोजन माथि छलफल हुनेछ । 

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, गृह मन्त्रालय र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आगामी आर्थिक वर्षको बजेट प्रस्ताव माथि छलफल हुने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

विनियोजन विधेयक, २०८२ अन्तर्गत विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव पनि आजको बैठकमा प्रस्तुत हुनेछन् । 

 

प्रकाशित : ७ असार २०८२, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह