Logo

अर्थनीति

प्रधानमन्त्री र सांसदबीच प्रश्नोत्तर आज: बेल घेर्न रास्वपालाई नैतिक संकट !


gdpnepal
   ६ असार २०८२, शुक्रबार


काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । 

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्यले सोधेका प्रश्नको जवाफ दिर्ने सम्भावित कार्यसूची छ । 

आजको बैठकमा विनियोजन विधेयक, २०८२ को विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।

बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, युवा तथा खेलकुद, भौतिक पूर्वाधार तथा यातायात, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको विनियोजनमाथि छलफल हुने भएको छ ।

यस्तै, उद्योग वाणिज्य तथा आपूर्ति र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको विनियोजनमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले सम्बोधन गरिरहँदा बेल घेर्न रास्वपालाई नैतिक संकट छ । गत वर्ष तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले बोलिरहँदा कांग्रेसले सदनमा नाराबाजी गरेको थियो भने रास्वपाले यसलाई ‘कांग्रेसले संसदीय मान्यताको धज्जी उडाएको’ भन्दै टिप्पणी गरेको थियो ।

 

प्रकाशित : ६ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह