Logo

अर्थनीति

‘नेपाली स्वादको फ्रेञ्ज फ्राइज अब विश्वले चिन्नेछ’


gdpnepal
   ६ असार २०८२, शुक्रबार


कृष्णप्रसाद पौडेल, कार्यकारी अध्यक्ष
फर्स्ट च्वाइस फुड्स प्रालि

आजको दिन हामी सबै नेपालीका लागि एक नयाँ यात्राको सुरुवात हो, त्यो यात्रा जसले नेपाललाई कृषिमा आत्मनिर्भर, उद्योगमा समृद्ध, अनि निर्यातमा सम्भावनाशील बनाउने दिशामा डोर्याउनेछ ।

हामीले उत्पादन गरेका फ्रेन्च फ्राइज र पाइपलाइनमा रहेका आलु टिक्की, बर्गर प्याटी, स्माइली, ह्यास ब्राउन आलु वेजेस, यी केवल पोषण तत्वले भरिपूर्ण स्वास्थ्यवर्द्धक खानाका परिकार मात्र होइनन्, यी हाम्रा प्राविधिकका परिश्रम र किसानका पसिना हुन् ।

फस्ट च्वाईस फुड्स प्रा. लि., रुपन्देही जिल्लाको शुद्दोधन गाउँपालिकामा अवस्थित, नेपालकै एक युरोपियन प्रविधिमा आधारित आधुनिक आलु प्रशोधन उद्योग हो ।

यो करिब ५ बिघा क्षेत्रफलमा फैलिएको छ । ६० हजार स्क्वायर फिटको यो उद्योग भवन, करिब २ अर्ब रुपैयाँको लगानीमा स्थापना गरिएको छ । जसमा निजी क्षेत्र, प्राईभेट ईक्विटी र बैंकको साझेदारी रहेको छ ।
आज यहाँबाट हामी विश्वस्तरीय फ्रोजन पोटेटो प्रडक्ट्स फ्रेञ्च फ्राइज उत्पादन गर्दैछौं – जुन गुणस्तरमा संसारका जुनसुकै ब्रान्डसँग प्रतिस्पर्धा गर्न सक्षम छन् ।

हामीले बीआरसीजीएस को अन्तर्राष्ट्रिय गुणस्तर उत्पादनको प्रमाण पत्र प्राप्त गरिसकेका छांै, जुन खाद्य सुरक्षा र गुणस्तर क्षेत्रको संसारकै सबैभन्दा कडा मापदण्डमध्ये एक हो ।

अमेरिकाको एफडीएमा दर्ता भएर, हामी छोटो समयमै भारतीय बजारमा निर्यात गरिरहेका छौं र अमेरिका, दुबई, मलेसिया, साउदी अरेबिया जस्ता तेस्रो मुलुकहरुमा पनि निर्यात गर्ने तयारीमा छौं ।

विगत पाँच वर्ष देखि हामीले तराई, पहाड र हिमाली क्षेत्रमा प्रशोधनयोग्य आलुको अनुसन्धानको लागि करोडौँ रकम खर्च गरिसकेका छौं ।


यसैको प्रतिफल स्वरूप यो वर्ष किसानहरुबाट लगभग २ हजार मेट्रिक टन आलु हाम्रो उद्योगले खरिद गरेको छ । तिनै मेहेनती किसानले उत्पादन गरेका आलुहरु आज फ्रेन्चफ्राइज बनेर हजुरहरुका टेबलसम्म आइपुगेका छन् ।


अहिले हामी विशेष गरी कैलाली, नवलपुर, सिन्धुली, काभ्रेपलान्चोक लगायतका १९ जिल्ला मा सफल परीक्षण गरी १० औं हजार किसान मार्फत आलु उत्पादन गरिरहेका छौं ।


अहिले नेपाल सरकारबाट हामी आलुबालीमा अनुसन्धान तथा विकास गर्न र बिउ आलु उत्पादन गर्न स्वीकृति पाइसकेका छांै । हाम्रो टिममा आलुबाली विशेषज्ञ, खाद्य वैज्ञानिक, आलु बाली रोग विज्ञ, ईन्जिनियर, सीए सबै विशेषज्ञहरू समावेश छन ।

‘किसानको पौरख हाम्रो गौरव’ भन्ने मूल नारा बोकेको एफसीएफको मूल प्रेरणा नेपाली किसानलाई बजारमा जोड्ने, नेपालमै कृषि र प्रविधिको सन्तुलन कायम गर्ने र मेड इन नेपाललाई विश्वमा सम्मानित ब्रान्ड बनाउने हो ।

हामीले नेपालमै पहिलोपटक फ्रोजन पोटेटो प्रोसेसिङ मा प्राविधिक जनशक्ति तयार गर्ने काम सुरु गरेका छौं, ताकि नेपालले अब प्रविधिको लागि विदेशमा होइन, आफ्नै भूमिमा भरोसा गर्न सकोस् ।

हामीलाई थाहा छ, प्रतिस्पर्धा सजिलो छैन । सस्तो गुणस्तरहीन आयात, बजारले नेपाली प्रडक्टप्रतिको हेर्ने नजर र कतिपय अवस्थामा अवैध रूपमा भित्रिने फ्रेन्च फ्राइजहरू साथै नीतिगत चुनौतीहरुले हाम्रो उद्योगमाथि कतै गम्भीर संकट निम्त्याउने त होइनन् ?

यद्यपि, हामी गुणस्तरमा सम्झौता गर्दैनौं । हामी नेपाली उपभोक्तालाई स्वस्थ, सुरक्षित र अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको आलुका परिकार दिन चाहन्छौं ।

आज हामी ‘हिमालयन क्रिष्प÷हाम्रो फ्राइज’ ब्रान्ड मार्फत केबल फ्रेन्च फ्राईज बेच्न खोजिरहेका छैनौं । हामी यस ब्रान्डमार्फत नेपालको स्वादलाई विश्वमा पुरÞ्याउन खोजिरहेका छौं ।

हामी चाहन्छौं– जब विश्वले फ्रेञ्च फ्राइजको कुरा गर्छ, त्यो नेपाली माटो, नेपाली स्वाद र नेपाली ब्रान्डबाट बनेको हिमालयन क्रिष्प र हाम्रो फ्राइजको नाम सम्झियोस् । हाम्रो आवश्यकता हो नीतिगत समर्थन, विश्वास र आत्मनिर्भरताप्रति साझा प्रतिबद्धता ।

यस ऐतिहासिक दिनमा म सम्पूर्ण नेपाल सरकार, नीति निर्माता, व्यावसायिक क्षेत्र, सञ्चार माध्यम र आम नागरिकहरूसँग आग्रह गर्न चाहन्छु हाम्रो यो अभियान केवल एउटा कम्पनीको होइन, यो सम्पूर्ण राष्ट्रको स्वाभिमानको विषय हो ।

यसैले स्वदेशी उत्पादनलाई माया र प्रोत्साहान गरौ । हामी विश्वास गर्छौं – यदि हामी सबै एकजुट भयौं भने, हिमालयन क्रिष्प र हाम्रो फ्राइज जस्ता ब्रान्डहरू केवल नेपालभित्र हैन, विश्व बजारमा पनि गर्वको प्रतीक बन्नेछन् ।

छोटो समयमै हामीले काठमाडौं, पोखरा, चितवन, बुटवल, ईटहरी, दाङ, नेपालगंज जस्ता मुख्य शहरहरुमा ५ वटा डिष्ट्रिब्युटर, १२ चेन रेष्टुरेन्ट, १५० सप्लायर्स, ४०० भन्दा बढी रेष्टुरेन्ट, १७१ मोर्डन मार्ट मार्फत उपभोक्ता माझ हाम्रो उत्पादन पुर्याएका छौं ।
अन्तराष्ट्रिय बजारमा भारतको उत्तराखण्डको पाल फ्रोजन ग्रुपले हाम्रो फ्रेन्चफ्राइज भारतीय बजारहरुमा विक्री वितरण गरिरहेको छ ।

हाम्रो लक्ष्य अब नेपाललाई खाद्य सुरक्षा, रोजगारी, आयात प्रतिस्थापन, निर्यात प्रवर्द्धन गर्दै अनुसन्धानमा आत्मनिर्भर बनाउने हो र हामी त्यो सपना साकार पार्न प्रतिबद्ध छौं ।

प्रकाशित : ६ असार २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह