कृष्ण धरावासी स्थापनाकालीन हुटहुटी र शून्यको संघर्षभीम उदासको यो पुस्तक पढिरहँदा मलाई एउटा अनौठो आभास भयो । कुनै पनि महान् अभियानको जन्म एउटा सानो छटपटीबाट हुन्छ । लेखक जब अर्मेनियाको सुख्खा माटोमा उभिएर विश्वभरिका नेपालीको सामथ्र्यलाई जोड्ने सपना देख्नुहुन्छ, त्यो कुनै महत्त्वाकांक्षा थिएन, त्यो त एउटा ‘हुटहुटी’ थियो । एउटा यस्तो हुटहुटी, जसले पराई देशमा…