नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले आफ्नो ऐतिहासिक उपलब्धि, प्रविधिमा पुर्याएको योगदान तथा संघर्षसहितको गौरबपूर्ण विगतलाई समेट्ने गरी वर्ल्डलिंक सङ्ग्रहालयको स्थापना गरेको छ । सङ्ग्रहालयमा वर्ल्डलिंकले स्थापना कालदेखि अहिलेसम्म, इमेल/इन्टरनेट, डायलअप, भी-स्याट, वायरलेस, केवल इन्टरनेट तथा एफटीटीएच यात्रामा प्रयोग गरेका विभिन्न प्रविधियुक्त उपकरणहरू राखिएको छ । यी उपकरण र प्रविधि प्रयोगबाहिर…