Logo

बिजनेस होम

कोसी र बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षा हुने


gdpnepal
   ७ आश्विन २०८२, मंगलबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार दुई प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । 

वर्षा हुने अन्य स्थानमा भने मध्यम वर्षा हुनेछ । विभागका अनुसार दिउँसो कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली हुनेछ । 

कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागको थोरै स्थानमा तथा बाँकी प्रदेशको पहाडी क्षेत्रका तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ । 

कोसी र बागमती प्रदेशको पहाडी भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले राति पहाडी भूभागमा साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

देशको पहाडी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।

विभागका अनुसार हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ । स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

प्रकाशित : ७ आश्विन २०८२, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह