काठमाडौं । रौतहटको चन्द्रपुर नगरपालिका–२ नम्बर वडाका अध्यक्ष दुत्तबहादुर थिङ ४ का वडाअध्यक्ष रवि रानामगरले अख्तियारीको दुरुपयोग गरेर एकल महिलामाथि अन्याय गरेको आरोप लागेको छ । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी पीडित अन्जु केसीले आफूलाई न्यायको लागि सघाउनुको सट्टा अध्यक्षदेखि अदालतका कर्मचारीसम्मको मिलेमतोमा थप पीडा दिएकोसमेत गुनासो गरेकी छन् । रौतहट जिल्ला चन्द्रपुर नगरपालिका वडा…