Logo

बिजनेस होम

आरजु र प्रचण्ड सहभागी एनआरएनए महाधिवेशनलाई प्रधानमन्त्रीको काउन्टरः बद्रि केसीलाई वैधता


gdpnepal
   २२ बैशाख २०८२, सोमबार


काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)मा विवाद गहिरिँदै जाँदा सत्तारुढ दलहरुमै विभाजन देखिएको छ । परराष्ट्रमन्त्री समेत रहेकी कांग्रेस नेतृ डा. आरजु राणा देउवा सहभागी भएको एकता महाधिवेशनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले वैधता दिएनन् ।

शेष घले समूहले आइतबारमात्र एकता महाधिवेशनका नाउँमा महेश श्रेष्ठलाई अध्यक्ष बनाउँदै नयाँ नेतृत्वको घोषणा गरेको थियो । कांग्रेसको एक समूहक र माओवादी निकट एनआरएनहरुको उक्त महाधिवेशनमा माओवादी अध्यक्ष प्रचण्ड पनि पुगेका थिए ।

एनआरएनएको संस्थापन पक्ष सहभागी नभएको उक्त महाधिवेशनलाई मुलुकका कार्यकारी प्रमुख प्रधानमन्त्रीले भोलिपल्टै वैधता दिएनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले एनआरएनएका अध्यक्ष बद्री केसी सहितका पदाधिकारीसँग भएको भेटमा केसी समूह नै वैध रहेको स्पष्ट पारे ।

उनले एनआरएनएलाई गैर–राजनीतिक बनाई संसारभरका गैरआवासीय नेपालीलाई एकजुट बनाउन आफू सदैव प्रतिबद्ध रहेको बताएका हुन् ।

भेटमा प्रधानमन्त्री ओलीले ११ औं महाधिवेशनबाट निर्वाचित एनआरएनए नै आधिकारिक रहेको बताएको उल्लेख गर्दै भने, ‘म आफैँ कतिपटक तपाईहरुको कार्यक्रममा सहभागी भएँ त्यसको मतलव नै तपाईहरु आधिकारिक हो । अब दसौं महाधिवेशनमा विवाद भएको हो, त्यो विवादबारेको फैसला ११ औं महाधिवेशन भइसकेको थियो। पछिल्लो फैसलाले समेत ११ औं महाधिवेशनलाई मान्यता दिइसकेको छ, अरू महाधिवेशन भयो भएनले अर्थ राख्दैन ।’

प्रधानमन्त्री ओलीले हरेक दुई वर्षको अक्टोबरमा हुने एनआरएनए महाधिवेशन नै आधिकारिक हुने भन्दै त्यसतर्फ तयारी गर्न आग्रह गरे । आइतबार मात्र शेष घले संयोजक रहेको उच्चस्तरीय समितिले काठमाडौँमा महाधिवेशन गर्दै महेश श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति बनाएको थियो ।

सर्वोच्च अदालतको परमादेश अनुसार गठित समितिले आयोजना गरेको एकता महाधिवेशनबाट श्रेष्ठ सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका थिए ।

 

प्रकाशित : २२ बैशाख २०८२, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह