Logo

बिजनेस होम

एनआरएनए एकता महाधिवेशनबाट अध्यक्षमा महेश श्रेष्ठ: वद्रि केसीको समिति के हुन्छ?


gdpnepal
   २१ बैशाख २०८२, आइतबार


काठमाडौं । गैर आवसीय नेपाली संघ(एनआरएनए)को एकता महाधिवेशनले महेश श्रेष्ठलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । 

शनिबार काठमाडौंको हायात होटलमा जारी महाधिवेशनको दोस्रो दिन आइतबार निर्वाचन प्रक्रियाबाट श्रेष्ठलाई अध्यक्षमा निर्विरोध चयन गरिएको हो ।

निर्वाचन समितिका प्रमुख निर्वाचन आयुक्त बरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेका अनुसार निर्वाचनबाट अधिकांश पदमा निर्विरोध नेतृत्व चयन गरिएको हो ।

समितिको उपाध्यक्षमा खगेन्द्र न्यौपाने, लोकप्रसाद दाहाल, सुनिलकुमार शाह, मनोज कुमार श्रेष्ठ, विश्वास दीप लिम्बु र बुद्धिसागर सुवेदी निर्विरोध भएका हुन् । 

त्यस्तै महिला उपाध्यक्षमा जुनु गुरुङ र महासचिवमा बाबुराम लामा चयन भएका छन् । महाधिवेशनको उदघाटन परराष्ट्रमन्त्री आरजु राणा देउवाले गरेकी थिइन् । 

एनआरएनए उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा अध्यक्षसहित सबै पदमा सर्वसम्मत कार्यसमिति चयन भएको प्रमुख निर्वाचन आयुक्त वरिष्ठ अधिवक्ता घिमिरेले जानकारी दिए । उनले निर्वाचनमा सघाउने सवैलाई धन्यवाद पनि दिए ।

निर्वाचन समितिले महाधिवेशन स्थलमा आइतबार नै एक समारोह आयोजना गरी शपथग्रहण तथा प्रमाणपत्र वितरण गरिने जनाएको छ ।

नव निर्वाचित कार्यसमितिको नामावली यस प्रकार छ ः

अध्यक्ष  महेशकुमार श्रेष्ठ 

उपाध्यक्ष ६ जना 

सुनिल कुमार साह 

बुद्धिसागर सुवेदी

खगेन्द्र न्यौपाने

लोकप्रसाद दाहाल

मनोज कुमार श्रेष्ठ (गोर्खाली)

विश्वास दीप लिम्बु (तिगेला)

उपाध्यक्ष ( महिला) जुनु गुरुङ

महासचिव बाबुराम  (बीआर) लामा 

सचिव ३ 

चिन्तामणी सापकोटा

टंकप्रसाद गैरे 

तिलक प्रसाद गैरे

सचिव (महिला) देवकी खत्री गुरुङ

कोषाध्यक्ष ठाकुर प्रसाद ढुंगाना

सह कोषाध्यक्ष कृष्णप्रसाद पोखरेल

महिला संयोजक रश्मी थापा

युवा संयोजक भीमसेन थापा 

एसिया प्रशान्त क्षेत्रीय संयोजक डा. बलराम श्रेष्ठ 

युरोप क्षेत्रीय संयोजक  प्रेमबहादुर गुरुङ

मध्यपूर्व क्षेत्रीय संयोजक रमेश श्रेष्ठ 

उत्तरदक्षिण अमेरिका क्षेत्रीय संयोजक डिलुराम पराजुली

ओसेनिया क्षेत्रीय संयोजक– इर्सद अहमद

क्षेत्रीय उप संयोजकहरु 

एशिया प्रशान्त क्षेत्रीय उप संयोजक २

माधव पोखरेल र मीमबहादुर पुर्जा 

मध्यपूर्व क्षेत्रीय उप संयोजक २

सुनिल कुमार घिमिरे र श्रीकृष्ण भट्टराई

उत्तरदक्षिण अमेरिका क्षेत्रीय उप संयोजक २

विश्वराज बास्तोला र नरबहादुर टण्डन क्षेत्री

ओसियाना क्षेत्रीय उप संयोजक २ 

राम प्रसाद कँडेल र प्रताप राना ।

आइसीसी सदस्य: महेश बजगाँईं (दक्षिण कोरिया)

 

प्रकाशित : २१ बैशाख २०८२, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह