काठमाडौं। नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ९० अर्ब रुपैयाँ तान्ने भएको छ । केन्द्रिय बैंकले निक्षेप संकलन उपकरण मार्फत २१ दिनको लागि निक्षेप बोलकबोल गर्ने भएको हो । आज दिउँसो २ बजे बोलकबोल हुने बैंकले जनाएको छ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँ र अधिकतम ५ अर्ब रुपैयाँसम्म बोलकबोल…