काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१(८२ को मुनाफाबाट शेयरधनीहरुलाई ४ प्रतिशत बोनस शेयर र ४.४२ प्रतिशत नगद गरी कुल ८.४२ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ।