काठमाडौं। नेपालको सार्वजनिक ऋण दायित्व चालु आर्थिक वर्षमा निरन्तर बढिरहेको छ। सार्वजनिक ऋण व्यवस्थापनको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार अहिले कुल सार्वजनिक ऋण दायित्व २७ खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ्य उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबरको ऋण हो। चालु वित्तीय वर्षको सुरुमा कुल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ०४…