काठमाडौं । नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघले नेपालका लागि नवनियुक्त अष्ट्रेलियाली राजदूत फिलिसिटी भउकको सम्मानमा स्वागत समारोह आयोजना गरेको छ । राजदूत फिलिसिटी भउकले गत फागुन पहिलो साता राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरी जिम्मेवारी सम्हालेकी हुन् । राजदूत भउकलाई स्वागत गर्दै संघका अध्यक्ष अखिलकुमार चापागाईंले नेपाल र अष्ट्रेलियाबीच ६१ वर्ष पुरानो दौत्य सम्बन्ध…