Logo

मुख्य समाचार

टेलिकमको ४० प्रतिशत बोनसः साधारणसभा चैत १३ मा, सञ्चालक पनि चयन गर्ने !


GDP Nepal
   २० फाल्गुन २०७७, बिहिबार


काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीको सञ्चालक समितिले गरेको यो प्रस्ताव साधारणसभाले पारित गरेपछि सेयरधनीले प्राप्त गर्नेछन् ।

टेलिकमले चैत १३ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको १३ औं वार्षिक साधारण सभा त्रिभुवन आर्मी अफिसर्स क्लब टुँडिखेल, काठमाडौंमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

साधारणसभामा टेलिकमको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ भने यही साधारणसभाले सर्वसाधारण सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक सदस्यको निर्वाचन पनि गर्नेछ ।

साधारण सभा र लाभांश प्रयोजनको लागि संस्थाले फागुन २८ गतेदेखि चैत १३ गतेसम्म बुक क्लोज गर्ने भएको छ । फागुन २७ गते महाशिवरात्री पर्व परेकाले सार्वजनिक बिदा हुँदै आएको छ । तसर्थ, फागुन २६ गतेसम्म कायम सेयरधनीले प्रस्तावित लाभांश पाउनेछन् ।

प्रकाशित : २० फाल्गुन २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह