Logo

Banner-news

सरकारले इन्धन मूल्य बढाएसँगै हवाई भाडा बढ्यो, गाडी भाडा पनि बढ्दैछ !


GDP Nepal
   ७ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । वायुसेवा सञ्चालक संघ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडामा वृद्धि गरेको छ ।

नेपाल आयल निगमले फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर दुई रुपैयाँले बढाउने निर्णय गरेकाले हवाई भाडा पनि बढाइएको हो ।

हवाई इन्धनको मूल्य जे–जति घटबढ हुन्छ सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर ६५ रुपैयाँबाट वृद्धि भई ६७ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए । उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० रुपैयाँ बढेको छ ।

काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० बढेको छ ।

सरकारले लगातार इन्धनको मूल्य बढाउँदै गएसँगै सार्वजनिक सवारीसाधनको भाडा बढाउन पनि दबाब परेको छ । यसअघि गाडी भाडा बढाउने निर्णय भए पनि सर्वध आलोचनापछि फिर्ता लिइएको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले चाँडै नै गाडीभाडासम्बन्धी निर्णय गर्न सरकारलाई दबाब दिने तयारी भइरहेको जनाएको छ ।

प्रकाशित : ७ फाल्गुन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह