नक्कली भुटानी शरणार्थी प्रकरणमा सार्वजनिक भएको अडियो पक्राउ परेका सन्देश शर्मासँग मिलेको छ । उक्त अडियोमा शर्माले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी तथा सांसद आरजु राणा देउवाले शरणार्थी प्रकरणमा रकम माग गरेको बताएका थिए । अडियो सार्वजनिक भएसँगै देउवाले आफू सो प्रकरणमा कुनै प्रकारले संलग्न नभएको र अडियो समेत नियोजीत रुपमा इडीट गरिएको दावी…