कजाखस्तान/अजरबैजान । कजाकस्तानका उपप्रधानमन्त्री कानात बोजुम्बायेभले कजाकस्तानमा भएको विमान दुर्घटनाको कारण हालसम्म पुष्टि गर्न नसकिएकाले घटनाको निष्कर्षसम्म पुग्न समय लाग्ने बताएका छन् । बुधबार अजरबैजान एयरलाइन्सद्वारा सञ्चालित जे२–८२४३ उडान नम्बरको एम्ब्राएर १९० विमान बाकुबाट ग्रोज्नी जाँदै गर्दा कजाकस्तानको अक्ताउ विमानस्थल नजिक दुर्घटनाग्रस्त भएपछि उपप्रधानमन्त्री बोजुम्बायेभले यस्तो बताएका हुन । कजाखस्तानको आपतकालीन स्थिति मन्त्रालयका अनुसार विमानमा…