काठमाडौं । संघीय संसदमा मधेशी मूलका केही सांसदहरुले हिन्दी भाषामा सम्बोधन गरेपछि त्यसमाथि प्रतिबन्ध लगाई नेपाली भाषामात्र प्रयोग गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर हुने भएको छ । सर्वोच्चका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले यसअघि दरपीठ गरिदिएको रिट अन्ततः दर्ता हुने भएको हो । आइतबार सर्वोच्चका न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलाशले दरपीठ बदर हुने आदेश…