लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) को कोभिड–१९ उच्चस्तरीय समितिअन्तर्गत स्वास्थ्य समितिको बैठक आइतबार सम्पन्न भएको छ । पूर्वस्वास्थ्य मन्त्री गगन थापाको विषेश उपस्थितमा सम्पन्न बैठकमा विश्वभर छरिएका दुई दर्जनभन्दा बढी गैरआवासीय नेपाली चिकित्सकको उपस्थिति थियो । बैठकमा पूर्वस्वास्थ्य मन्त्री थापाले संघले लिएको अग्रसरताको प्रशंसा गर्दै यो महासंकटमा विदेशमा रहेका नेपालीप्रति आफू बढी चिन्तित रहेको…