काठमाडौं । सोमबार (आज) दिउँसो देशभर साधारणतया बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा छ । वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका केही स्थानमा आज भारी वर्षाको सम्भावना रहेको छ…