काठमाडौं । भूषण राणाको घरमा प्रहरीले छापा मारेको छ ।
राणा पूर्वपरराष्ट्रमन्त्री आरजु राणा देउवाका भाइ तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला हुन् ।
आइतबार (असोज १२) राति केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)बाट खटिएको टोलीले जावलाखेलस्थित राणाको घरमा खानतलासी गरेको स्रोतले जनाएको छ ।
राणा नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका साला हुन् ।
देउवाको बूढानीलकण्ठस्थित घरमा जेनजी प्रदर्शनकारीले आक्रमण गर्दा भदौ २४ गते ठूलो मात्रामा नगद तथा बहुमूल्य सामग्री भेटिएको थियो ।
गोप्य सूचना प्राप्त हुने आशंकामा प्रहरीले भूषणको घरमा छापा मारेको हो ।
सिआईबी प्रमुख मनोज केसी र नेतृ राणाबीच तिक्ततापूर्ण सम्बन्ध छ। जसका कारण यो छापालाई कतिपयले बदलाका रूपमा समेत हेरेका छन् ।










प्रतिक्रिया