Logo

बिजनेस होम

आज भारी वर्षा देशैभर नहुने: हल्कादेखि मध्यम वर्षाको सम्भावना


gdpnepal
   १० आश्विन २०८२, शुक्रबार


काठमाडौं । जल तथा मौसम विज्ञान विभागका अनुसार देशका केही स्थानमा आज वर्षाको सम्भावना छ । 

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारी वर्षाको पूर्वानुमान छैन । 

विभागका अनुसार दिउँसो देशको पहाडी भूभागमा साधारणतया बदली रहनेछ । बाँकी भूभागमा आंशिक बदली रहनेछ । 

कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । बाँकी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।

विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिक बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोसी प्रदेशलगायत देशको पहाडी भूभागका एकदुई स्थानमा मध्यम वर्षाको सम्भावना छ ।

विभागले हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रही स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

 

प्रकाशित : १० आश्विन २०८२, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • बजार निर्देशक
    दिनेश विष्ट
  • संवाददाता
    अस्मिता शाह