पश्चिम सुर्खेतको बड्डीचौर–बाबियाचौर–गुटु–बेनीघाट सडकको ट्रयाक खुलेको तीन दशक नाघेको छ । ट्रयाक खुलेको यतिका वर्ष बितिसक्दासमेत सडक स्तरोन्नति र खोलामा पुल नबन्दा यात्रुहरूले बर्सेनि सास्ती भोग्दै आइरहेका छन् ।वर्षाको उर्लँदो भेलमा यात्रुहरूले जोखिम मोलेर मोटरसाइकल र गाडी तारिरहेको दृश्य सामाजिक सञ्जालमा बर्सेनि छाइरहन्छन् । यस्ता दृश्य देख्नेका लागि सामान्य लागे पनि यात्रुहरूको पीडा बयान गरिसक्नुको…