लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाट क्षमताको दोर्दीखोला जलविद्युत् आयोजनाले आगामी असोज दोस्रो साताबाट बिजुली उत्पादन थाल्ने भएको छ । हिमालयन पावर पार्टनर लिमिटेड कम्पनीद्वारा निर्माणाधीन यस आयोजनाको हालसम्म ९९ प्रतिशत काम सकिएको छ । आयोजनाका साइट इञ्चार्ज दिपक ज्ञवालीले भन्नुभयो, “आयोजनाको अधिकांश काम सम्पन्न भइसकेको र अब १ प्रतिशत मात्र इलेक्ट्रोमेकानिकलको काम बाँकी छ…