Logo

कर्पोरेट-बजार

हुन्डाईको ग्राण्ड आई टेन नियोस नेपाली बजारमा, सुरुवाती मूल्य ३१ लाख


GDP Nepal
   २ आश्विन २०७७, शुक्रबार


काठमाडौं । नेपालको लागि हुन्डाई गाडीको आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले हुन्डाई ग्राण्ड आई टेन नियोसलाई डिजिटल समारोहमार्फत सार्वजनिक गरेको छ ।

हुन्डाई ग्रान्ड आई टेन धेरै वर्षदेखि बजारमा सबैभन्दा बढी बिक्री भएकोे कार हो । अब यसको विरासतलाई अगाडि बढाउन, हुन्डार्ईले स्टाइलिश र थप विशेषताहरु भएको ग्रान्ड आई टेन नियोस बजारमा ल्याएको छ ।

हुन्डाई ग्राण्ड आई टेन नियोस Kappa Dual VTVT Technology माआधारित १.२ लिटर पेट्रोल इन्जिनमा उपलव्ध छ । उत्कृष्ट प्रदर्शनका लागि ८३ पीएस/६००० आरपीएम सर्वाधिक पावर दुबै म्यानुुअल तथा स्वचालित ट्रन्समिसन विकल्पहरुमा पाउन सकिनेछ । ग्राण्ड आई टेन नियोस फाइभ स्पीड म्यानुअल र स्मार्ट अटो दुबै किसिमको ट्रान्समिसनमा उपलब्धछ ।

हुन्डाई ग्राण्ड आई टेन नियोसमा ग्लसी ब्ल्याक रेडिएटर ग्रिल बुम¥याङ, आकारको एलईडी डीआरएल, स्टाइलिस टेल लैम्प, शार्क फिन एन्टेना र गन मेटल फिनिसका साथमा आकर्षक १४ इन्च अलो व्हील्स पाउन सकिन्छ । सडकमा फरक उपस्थितिको लागि हुन्डाई ग्राण्ड आई टेन नियोस पोलार ह्वाइट, टाइफुन सिल्भर, टाइटान ग्रे, फियरी रेड र आकुवा टिल जस्ता रंगहरुमा उपलब्ध छ ।

ग्राण्ड आई टेन नियोस यात्राका लागि एक उत्तम सवारी साधनमात्र नभइ स्मार्ट साधन पनि भएको कम्पनीको दावी छ । एप्पल कारप्ले, एन्ड्रोइड अटो र बेस्ट इन सेगमेन्ट टच स्क्रिन इन्फोटिनमेन्ट सिस्टम (२०.२५ सि एम) का साथै रियर एसी भेन्ट जस्ता सुविधाले युक्त ग्राण्ड आई टेन नियोसले आरामदायी यात्रा सुनिश्चित गर्दछ ।


हुन्डाई ग्राण्ड आई टेन नियोसको सुरुवाती मूल्य ३० लाख ९६ हजार कायम गरिएको छ ।

प्रकाशित : २ आश्विन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह