Logo

सेयर बजार

सेयर बजारमा झिनो अंकको गिरावट, २ अर्ब ५४ करोडको कारोबार


GDP नेपाल
   २६ बैशाख २०८१, बुधबार


काठमाडौँ । बुधबार सेयर बजार परिसूचक नेप्से ०.२१ अंकले घटेर एक हजार ९६०.६० विन्दुमा पुगेको छ ।

बैंकिङ २, विकास बैंक ६, होटल तथा पर्यटन २४, उत्पादन ६९, जीवन बीमा ३७, निर्जीवन बीमा २० र अन्य उपसमूह १८ अंकले घटेको छ । त्यस्तै, फाइनान्स ६४, हाइड्रोपावर ०.५०, माइक्रोफाइनान्स ११६ र व्यापार उपसमूह ४ अंकले बढेको छ ।

आज सबैभन्दा धेरै कुमारी सबल योजनाको सेयर १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज इन्फिनिटी लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन ३०५ कम्पनीको ५८ लाख कित्ता सेयर २ अर्ब ५४ करोडमा कारोबार भएको छ ।

प्रकाशित : २६ बैशाख २०८१, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह