काठमाडौँ । कुमारी बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकले १ लाख ११ हजार १६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
कुल कित्तामध्ये एक लाख ८ हजार ४४ कित्ता खरिदका लागि बैंकका विद्यमान संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् । त्यस्तै, बाँकी रहेको ३ हजार ११६ कित्तामा जोकोही व्यक्ति वा संघसंस्थाले खरिद आवेदन दिन पाउने बैंकले जनाएको छ ।
सेयर खरिद गर्न इचछुक लगानीकर्ताले ३५ दिनभित्र बैंकको सेयर रजिष्ट्रार कुमारी क्यापिटल वा टंगालमा रहेको बैंकको केन्द्रीय कार्यालयमा आइपुग्ने गरी आवेदन दिनुपर्नेछ ।
प्रतिक्रिया