Logo

Banner-news

पहिरोले टावर ढालेपछि ‘इमर्जेन्सी रिस्टोरेसन टावर’ बनाउँदै मुडभरी एन्ड जोशी कन्स्ट्रक्सन


GDP Nepal
   २४ असार २०७८, बिहिबार


लमजुङ । लमजुङस्थित मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाको १३२ केभीको टावर गत शनिबार पहिरोले ढालेसँगै १२५ मेगावाट विद्युत् राष्ट्रिय प्रशारण ग्रीडबाट बिच्छेद भएको छ । स्थानीयका अनुसार असार १९ गते बिहान ६ः०५ बजे आएको पहिरोले १३२ केभीको टावर ढालेको हो ।

पहिरोले टावर ढालेसँगै यसबाट मर्स्याङ्दी कोरिडोरमा रहेका नेपाल विद्युत् प्राधिकरणको मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनासहित निजी क्षेत्रबाट उत्पादित विद्युत् राष्ट्रिय प्रशारण ग्रीडबाट बिच्छेद भएका छन् ।

यो टावर पुनर्निर्माण गर्न करिब ३ महिना लाग्ने अनुमान गरिएको छ । जसका कारण प्राधिकरण र निजी क्षेत्रले ३ अर्ब रुपैयाँभन्दा बढीको नोक्सानी बेहोर्नुपर्ने देखिएको छ ।

पहिरोले क्षतिग्रस्त टावर

तीन महिनासम्म उक्त करिडोरबाट उत्पादित विद्युत ग्रिडमा जडान गर्न नपाउदा दैनिक ३ करोड रुपैयाका हिसाबले करिब तीन अर्ब रुपैयाँको नोक्सानी हुने जनाइएको छ । राष्ट्रिय प्रशारणलाइनमा बिच्छेद हुँदा मुलुकका कतिपय ठाउँमा विद्युत आपूर्तिमा समेत समस्या भइरहेको छ ।

प्राधिकरणका अधिकारीहरुका अनुसार उक्त टावर ढलेको स्थानमा आपतकालीन अवस्था रहेकाले यस्तो अवस्थामा गरिने वैकल्पिक उपायद्वारा केही समयका लागि नया प्रविधिको इमर्जेन्सी रिस्टोरेसन टावर खडा गरी विद्युत् आपूर्ति गर्ने कार्य सुरु गरिसकिएको छ ।

विगतमा पनि यस्ता विपतका अवस्थामा यही प्रविधिको प्रयोगद्वारा विद्युत् आपूर्ति सुचारु गरिएको थियो । उक्त कार्य सम्पन्न गरि विद्युत आपूर्ति सुचारु गर्नका लागि प्राधिकरणले यस कार्यमा विशेष अनुभवी मानिएका ठेकेदार कम्पनी मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनलाई साथमा लिई आइतबार असार २० गते देखि नै उक्त स्थानमा द्रुत गतिमा कार्य अघि बढाइसकेको छ ।

प्राधिकरणसहित मुडभरी एण्ड जोशी कम्पनीका प्राविधिक तथा उक्त कार्यमा दक्ष कामदारहरु टावर ढलेको स्थानसम्म पुगिसकेको जनाइएको छ ।

सोही स्थानमै रहेर काम गरिरहेका मुडभरी एण्ड जोशी कन्स्ट्रक्सनका केदार कुमार फुयालका अनुसार टावर ढलेको स्थान मोटर बाटोबाट करिब डेढ घण्टाको पैदल दूरीमा पर्दछ ।

उक्त स्थान सम्म सामान ढुवानी गर्ने कार्य कठिन रहेको तर आवश्यक जनशक्ति प्रयोग गरी हेडलोडिङको माध्यमबाट सम्पूर्ण सामानहरु यथाशीघ्र उक्त स्थानसम्म पुर्याउने कार्य सुरु भएको छ ।

शुक्रबारसम्म सम्पूर्ण सामान पु¥याउने कार्य सफल भएमा सोमबार (असार २८)सम्ममा लाइन चार्ज गर्न सकिने आशा रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : २४ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह