Logo

देउवा २७ घन्टाभित्र प्रधानमन्त्री, संसद ७ दिनभित्रै, सांसदलाई दलीय ह्वीप नलाग्ने !




काठमाडौं । सर्वोच्च अदालतले असार २९ गते मंगलबार साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणासहित न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराईको संवैधानिक इजलासले यस्तो आदेश गरेको हो।

अदालतले ७ दिन भित्र प्रतिनिध सभा बैठक बोलाउनसमेत आदेश जारी गरेको छ।

यता, अदालतले संसदीय दलको ह्वीप नलाग्ने आदेशसमेत जारी गरेको छ।

प्रतिक्रिया दिनुहोस्