Logo

Banner-news

लामो दूरीको गाडी भाडा बढ्यो, ढुवानी पनि महँगिने


GDP Nepal
   ३० असार २०७८, बुधबार


काठमाडौं । सरकारले लामो दूरीका बस तथा ट्रकले लिँदै आएको भाडा बढाएको छ । केपी ओली सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङको मन्त्रीस्तरीय निर्णयका आधारमा भाडा बढाइएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. लोकनाथ भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विभागले यात्रुवाहक सवारीको भाडा २८ प्रतिशतले बढाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको २० प्रतिशत तथा तराई बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा २६ प्रतिशतले वृद्धि गरिएको जनाएको छ ।

सार्वजनिक सवारी साधनको भाडादर निर्धारण गर्दा इन्धनको अंश ३५ प्रतिशत र अन्य सूचकहरुको अंश ६५ प्रतिशत मानी भाडादर निर्धारण हुँदै आएको छ । भाडा निर्धारणका अन्य सूचकलाई विगत २०७२ साल देखि याथावत राखी इन्धनलाई मात्र आधार मानी भाडा समायोजन गरिएको विभागको सूचनामा उल्लेख छ ।

२०७५ असोज ७ गत समेत बजार अध्ययनबाट नभई समग्रमा १० प्रतिशत भाडावृद्धि गरी समायोजन गरिएको थियो । विगत लामो समयदेखि बजार अध्ययन हुन नसकेकोले वैज्ञानिक भाडादर लागु हुन सकेको अवस्था थिएन ।

सार्वजनिक यातायात सञ्चालनसंग सम्बन्धित लगानी तथा खर्च सम्बन्धमा विभागले गरेको बजार अध्ययन तथा विश्लेषण र सरोकारवाला पक्षहरुसंग गरिएको परामर्श समेतका आधारमा पहिचान गरिएका यातायात श्रमिकको पारिश्रमिक, इन्धन, टायर, व्याज, सञ्चालन खर्च, ह्रासकट्टी र सञ्चालन मुनाफा लगायतका मुख्य सूचकहरुमा देखिएको मूल्य वृद्धिको आधारमा सार्वजनिक यातायातका भाडा बढाइएको सूचनामा उल्लेख छ ।

नेपालको संविधान २०७२ को अनुसूची ५ को बुंदा नं २० र अनुसूची ९ को बंदा नं १५ का आधारमा सरकारले गरेको कार्य विस्तृतीकरण र सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ९६ को उपदफा ९१० बमोजिम सोही ऐनको दफा १५३ को खण्ड ९घ० ले दिएको अधिकार प्रयोग गरेर भाडा वृद्धि गरिएको विभागको दाबी छ ।

प्रकाशित : ३० असार २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह