Logo

Banner-news

भारतमा एक वर्षपछि पहिलोपटक भौतिक रुपमै बस्यो मन्त्रिपरिषद् बैठक


GDP Nepal
   ३१ असार २०७८, बिहिबार


नयाँदिल्ली (एजेन्सी) । भारतमा कोरोना महामारीका कारण एक वर्षदेखि भर्चुअल रुपमा मात्र बस्दै आएको मन्त्रिपरिषद् बैठक बुधबार पहिलोपटक भौतिक रुपमै सम्पन्न भएको छ ।

मन्त्रीपरिषदमा व्यापक फेरबदल गरेपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नै निवासमा बैठक राखेका हुन् ।

कोरोनाभाइरसको महामारीका कारण भर्चुअल माध्यमबाट बस्दै आइरहेको बैठक बुधबार भौतिक रुपमै बसेको जनाइएको छ ।

बैठकमा विषेश गरेर आगामी संसद अधिवेशनका बारेमा छलफल भएको श्रोतले जनाएको छ । भारतको संघीय संसदको बर्षे अधिवेशन यही जुलाई १९ मा सुरु भइ अगस्ट १३ मा अन्त्य गर्ने तय भएको छ ।

प्रधानमन्त्री मोदीले बैठकमा कोरोनाभाइरसको महामारी न्युनिकरणका लागि भइरहेको काम र आगामी योजनाका बारेमा पनि छलफल चलाएको जनाइएको छ ।

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह