Logo

Banner-news

चेम्बर अफ कमर्समा निर्यात प्रवर्द्धन समिति गठन


GDP Nepal
   ३१ असार २०७८, बिहिबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्समा निर्यात प्रवर्द्धन समिति गठन भएको छ । समितिको समितिको सल्लाहकारमा शरद विक्रम राणा र सह सभापतिमा बिनोद मल्ल तथा जीवनरत्न शाक्य मनोनित भएका छन् ।

समितिको सदस्यहरुमा रवीन्द्र शाक्य, महेश्वर श्रेष्ठ, रेशमबहादुर पोखरेल, सुषमा शर्मा तथा मिलन वीर मालाकार मनोनित भएका छन् ।

चेम्बर अध्यक्ष राजेन्द्र मल्लले निर्यात प्रवद्र्धन समितिमा मनोनित भएका सल्लाहकार, पदाधिकारी तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गरे ।

अध्यक्ष मल्लले समितिमा निर्यात प्रवद्र्धन क्षेत्रमा लामो अनुभव हासिल गरेका व्यक्तिहरुको प्रतिनिधित्व भएकोले निर्यात प्रवद्र्धन क्षेत्रमा चेम्बरले गरिने पहलको लागि उल्लेखनिय भूमिका निर्वाह गर्नु हुने अपेक्षा राखे ।

कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष कमलेश कुमार अग्रवालको पनि उपस्थिति थियो ।

प्रकाशित : ३१ असार २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह