Logo

कर्पोरेट-बजार

काठमाडौं–दमाममा बढी भाडा नलिएको हिमालय एअरलाइन्सको दावी


GDP Nepal
   १ श्रावण २०७८, शुक्रबार


काठमाडौं । हिमालय एयरलाइन्सले काठमाडौंदेखि साउदी अरेबियाको दमामसम्मको उडानका लागि उच्च हवाइ भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको आरोप कम्पनीमाथि लगाइएको भन्दै प्रतिवाद गरेको छ ।

एयरलाइन्सले शुक्रबार विज्ञप्ति जारी गर्दै झुटा जानकारी र रिपोर्ट लेखिएर आरोप प्रत्यारोप लगाइएको जनाएको छ । हिमालय एअरलाइन्स्ले अफवाह र आरोपहरूलाई सम्बोधन गर्दै मिडियामा प्रकाशित भएका समाचार तथा रिपोर्टहरू उचित तथ्य र प्रमाणिकरण बिना निराधार छापिएको हो भन्दै खण्डन गरेको छ ।

नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स्, हिमालय एअरलाइन्सले सेप्टेम्बर २०१७ देखि दमाममा साप्ताहिक १० प्रत्यक्ष उडान सेवा प्रदान गर्दै आइरहेको थियो । भर्खरै उडानहरू पुनः सुरु भएपछि, दमाम, साउदी अरब उडान गर्ने यात्रुहरूको बहाव बढेकाले जुलाई ११, २०२१ देखि चार साप्ताहिक उडान सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।


“नेपाल सरकार र साउदी अरब सरकारले अनिवार्य नियामक निर्देशिका प्रकाशित गरेको थियो जसमा अपरिहार्य भाडा अन्तर्गत हवाइ भाडा, प्रवासमा क्वारनटाइन सुविधा र सम्बन्धित कोभिड–१९ स्वास्थ्य सुविधा सहित समावेश गरिएको थियो,” विज्ञप्तिमा भनिएको छ, “सोही निर्देशिकाको पालनामा, हाम्रो एअरलाइन्स्ले यस क्षेत्रमा उडानहरू सञ्चालन गर्न सबै आवश्यक सुविधाहरू सहितको बन्डल भाडा सुरु गरेको हो ।”

एयरलाइन्सले आधार भाडा, सबै नियामक करहरू, होटल यातायात र ७ रात होटेल बसोबास शुल्क, (बिहानको खाजा, खान, डिनर सामेल) र दमााम आइपुग्दा गरिने २ पीसीआर परीक्षण सुविधा अनुसार शुल्क निर्धारण गरिएको जनाएको छ ।

साउदी अरब सरकारको निर्देशिका अनुसार, यात्रुहरु स्वयं क्वारेन्टाइनमा बस्ने अनुमति नभएको र त्यहाको सरकारले तोकेको क्वारेन्टिन होटेलमा बस्नु पर्ने नियम अनिवार्य गरिएको जनाएको छ ।

यसका कारण, नियमित हवाइ बन्डल भाडाको तुलनामा अहिलेको भाडा अलि महँगो भएको भन्दै विज्ञप्तिमा भनिएको छ, “थप स्पष्टीकरणको लागि, दमाामको लागि अतिरिक्त होटल क्वारेन्टिन शुल्कले ६०% ओगट्छ भने हवाइ भाडाले कुल लागतको ४०% मात्र योगदान गर्दछ भन्ने तथ्य पनि हामी उल्लेख गर्न चाहन्छौं । एअरलाइन्स्ले कुनै पनि क्षेत्रका लागि वैध फिर्ती टिकटहरू भएका यात्रुहरूको लागि र निषेधाज्ञाका कारण उडान गर्न असमर्थ भएका यात्रुहरूका लागि टिकटको निःशुल्क पुनः मान्यता सुनिश्चित पनि गर्दै आएको छ ।”

प्रकाशित : १ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह