Logo

Banner-news

ओली सरकारले गरेका विवादास्पद राजदूत सिफारिस खारेज !


GDP Nepal
   ३ श्रावण २०७८, आइतबार


काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न मुलुकका लागि राजदूतमा सिफारिस गरेका झन्डै एक दर्जन व्यक्तिको नाम सरकारले फिर्ता लिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ११ मुलुकका लागि राजदूतमा गरिएको सिफारिस खारेज गरेको हो ।

संसदीय प्रक्रिया छलेर गरिएको राजदूत नियुक्ति विवादास्पद बन्दै गएको थियो । सरकारले राजदूत नियुक्तिका लागि मापदण्ड बनाए पनि खल्तीका मान्छे नियुक्त गर्दै आएको थियो। खासगरी एमाले नेता युवराज कार्कीदेखि प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईकी सासुको समेत सिफारिस गरिएपछि सरकारप्रति तीब्र आक्रोश पैदा भएको थियो ।

ओली सरकारले अस्ट्रियाका लागि निर्मलराज काफ्ले, श्रीलंकाका लागि रमेशचन्द्र पौडेल, इजिप्टका लागि जीवनप्रकाश श्रेष्ठ, दक्षिण कोरियाका लागि कृष्णचन्द्र शर्मालाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको थियो ।

रसियाका लागि जंगबहादुर चुहान, अष्ट्रेलियाका लागि सुम्निमा तुलाधार, म्यानमारका लागि नारायणप्रसाद संग्रौला, ब्राजिलका लागि कुलप्रसाद नेपाल, डेनमार्कका लागि सुमित्रा सुवेदी, साउदी अरेवियाका लागि मेराज मुसलमान र बहराइनका लागि युवराज कार्कीलाई राजदूतमा नियुक्त गर्ने निर्णय गरे पनि कार्कीको योग्यता नपुगेको भन्दै सर्वोच्चले उनको सिफारिस नै बदर गर्न निर्देशन दिएको थियो ।

यसरी राजदूतसँगै संसदीय प्रक्रिया छलेर मन्त्रिपरिषद्बाट गरिएका सबै निर्णय खारेज हुने सरकारका एक मन्त्रीले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले राजदूत नियुक्त सिफारिस भएका सम्बन्धित मुलुकमा ‘एग्रिमो’का लागि पत्राचार गरिसकेको थियो ।

प्रकाशित : ३ श्रावण २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह