Logo

मुख्य समाचार

गायक प्रकाश सपूत र गायिका सुनिता दुलाल ‘विपद् जोखिम सद्भावना दूत’


GDP Nepal
   ८ श्रावण २०७८, शुक्रबार


काठमाडौं । गायक प्रकाश सपूत र गायिका सुनिता दुलाललाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ‘विपद् जोखिम सद्भावना दूत’ घोषणा गरेको छ । गायिका दुलाल यसवर्ष बाढीपहिरोले सबैभन्दा बढी क्षति पुर्याएको सिन्धुपाल्चोकमा जन्मेकी हुन् भने गायक सपूत बागलुङका हुन् ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले गायक सपूत र गायिका दुलाललाई सद्भावना दूतमा नियुक्त गरिएको जानकारी दिए । सपूत र दुलाल एक वर्षका लागि विपद् जोखिम सदभावना दूतका रुपमा कार्यरत रहनेछन् । बिहीबार सिंहदरबारमा एक समारोहकाबीच पोखरेले उनीहरुलाई प्रमाणपत्र प्रदान गरे ।

गीतसङ्गीतका माध्यामबाट समुदायमा जनचेतना अभिवृद्धि गर्न आवश्यक भएकाले उनीहरूलाई दूत नियुक्ति गरिएको पोखरेलको भनाइ छ । सोही समारोहमा उहाँहरूको ‘बाढी पहिरो, हाम्लाई चिन्ता गहिरो, बोलको’ सन्देशमूलक गीतसमेत सार्वजनिक गरिएको थियो ।

उक्त समारोहमा गायक सपूतले प्राधिकरणले रचनात्मक काम गरेर पवित्र उद्देश्यमा जोडिदिएकामा खुशी व्यक्त गर्दै, गीत, सङ्गीत, अनुहार र सामाजिक सञ्जालका माध्यामबाट नागरिकलाई सचेत गराउन आफू पूर्ण प्रतिबद्ध रहेको बताए ।

गायिका दुलालले महत्वपूर्ण अवसर प्राधिकरणले दिएकामा खुशी व्यक्त गरिन् ।

गत वर्ष सिन्धुपाल्चोक र बागलुङमा भएको ठूलो मनसुनजन्य विपद्मा परेर ठूलो जनधनको क्षति भएको थियो ।

प्रकाशित : ८ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह