Logo

कर्पोरेट-बजार

नर्भिकले हरेक शनिवार निःशुल्क ओपीडी सेवा दिने


GDP Nepal
   ११ श्रावण २०७८, सोमबार


काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले अब प्रत्येक शनिवार निःशुल्क ओपीडी सेवा संचालन गर्ने भएको छ ।

नर्भिक हस्पिटलका प्रमुख कार्यकारी अधिकृत अजयकुमार मिश्रकाअनुसार आउने शनिवारदेखि नै यो अभियानको थालनी हुनेछ ।

प्रत्येक साताको शनिवार कुनै विशेषज्ञ डाक्टरले २ घण्टा निःशुल्क ओपीडी सेवा दिनेछन् । निःशुल्क ओपीडी सेवा लिनका लागि नर्भिक अस्पतालका ओपीडी प्रमुख क्षितिज उप्रेतीलाई ९८४११८१२८१ नम्बरमा फोन गरेर आफ्नो नाम टिपाउन सकिनेछ ।

प्रत्येक साताको शनिवारका लागि तोकिएको विशेषज्ञ डाक्टरले बिहान १० बजेदेखि मध्यान्ह १२ बजेसम्म बिरामीहरुको निःशुल्क जाँच गर्नेछन् ।

प्रत्येक शनिवारको निःशुल्क ओपीडी सेवामा बस्ने विशेषज्ञ चिकित्सकहरुको विषयमा पूर्वजानकारी नर्भिक अस्पतालको वेबसाइट र फेसबुक पेजबाट गराइनेछ ।

नर्भिक अस्पतालले आगामी शनिवारका लागि वरिष्ठ मधुमेह रोग विशेषज्ञ डा. कामाक्षा शाह र डा. मधु मास्केको निःशुल्क ओपीडी सेवा संचालनको घोषणा गरेको छ । यो दिन मधुमेह रोगबाट पीडितहरुले निःशुल्क ओपीडी सेवा लिनसक्नेछन् ।

नर्भिक अस्पतालका सीइओ मिश्रले प्रत्येक शनिवार अलग अलग विशेषज्ञहरुलाई फ्री ओपीडी सेवामा प्रस्तुत गरिने उल्लेख गर्दै सम्बन्धित बिरामीहरुलाई भरपूर फाइदा लिन आह्वान गरेका छन् ।

प्रकाशित : ११ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह