Logo

Banner-news

अन्ततः नेपालले पनि फाइजरको खोप किन्ने, १२ देखि १८ वर्षकालाई लगाइने


GDP Nepal
   १३ श्रावण २०७८, बुधबार


काठमाडौं । सरकारले अमेरिकी कम्पनी फाइजरको खोप खरिद गर्ने भएको छ । १२ देखि १८ वर्ष उमेर समूहलाई दिने लक्ष्यसहित खरिद गर्न लागिएको यो खोपका लागि नेपालले ननडिस्क्लोजर एग्रिमेन्टमा हस्ताक्षर गरेको छ ।

तुलनात्मक रुपमा गुणस्तरीय मानिएको यो खोपको ६० लाख मात्र भित्र्याउने लक्ष्य राखिएको छ । अमेरिकासहित विभिन्न देशमा कोभिडविरुद्ध प्रयोग गरिएको फाइजर खोप विश्वभर लोकप्रिया मानिएको छ ।

फाइजरको खोप लामो समय फ्रिजमा राखेर प्रयोग गर्न सकिन्छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्यालका अनुसार फाइजरसँग एक तहको समझदारी भइसकेको छ र उक्त खोप खरिद गर्नका लागि स्रोतको पनि जोहो भइसकेको छ ।

विश्व बैंक र एसियाली विकासको सहयोगमा फाइजरको खोप खरिद गरिँदैछ ।

नेपालमा हाल कोभिशील्ड, भेरो सेल र जोनसन एन्ड जोनसन खोप प्रयोगमा ल्याइएको छ। जसमध्ये जोनसन एन्ड जोनसन खोप एक मात्रा दिए पुग्छ भने अरू खोप दुई मात्रा दिनुपर्छ।

फाइजर खोपलाई निकै कम तापक्रममा राखेर ढुवानी गर्नुपर्ने भएकाले यसको व्यवस्थापन पनि चुनौतीपूर्ण छ । खोपको भण्डारण र पारवहनको मापदण्ड अनुसार यसलाई माइनस १५ देखि माइनस २५ डिग्री सेल्सीअसमा फ्रिजमा दुई सातासम्म राख्न सकिने छ ।

प्रकाशित : १३ श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह