Logo

Banner-news

‘स्वास्थ्य राज्यमन्त्रीमा श्रेष्ठको नियुक्ति निजी क्षेत्रका लागि गर्वको विषय’


GDP Nepal
   १४ श्रावण २०७८, बिहिबार


काठमाडौं । राष्ट्रिय व्यावसायिक पहल (एनबीआई)ले स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा नियुक्त उमेश श्रेष्ठलाई बिहीबार राजधानीमा सम्मान गरेको छ ।

एनबीआई अध्यक्ष कुशकुमार जोशीले राज्मन्त्री श्रेष्ठलाई कदरपत्रसहित सम्मान गरे भने अन्य पदाधिकारी तथा सदस्यहरुले बधाई ज्ञापन गरे । अध्यक्ष जोशीले श्रेष्ठको नियुक्ति निजी क्षेत्रका लागि गर्वको विषय भएको र यो सरकारमा निजी क्षेत्रको प्रतिनिधित्वको एउटा स्वरुप रहेको टिप्पणी गरे ।

श्रेष्ठको काम र व्यवस्थापन क्षमतालाई हेरेर नै प्रधानमन्त्री शेरबहादुर देउवाले राज्यमन्त्रीमा नियुक्त गरेको उल्लेख गर्दै अध्यक्ष जोशीले श्रेष्ठको कार्यकालमा स्वास्थ्य क्षेत्रमा भएका विसंगति र कमी कमजोरी अन्त्य हुने विश्वास व्यक्त गरे ।

जोशीले सम्पूर्ण नेपालीमा खोपको पहुँच स्थापनाका लागि लागि पर्न श्रेष्ठलाई सुझाव दिए । सरकारलाई कर बुझाएर अर्थतन्त्रलाई चलायमान गर्ने व्यवसायीलाई खोपमा प्राथमिकतामा नराखेको भन्दै जोशीले गुनासो गरे ।

कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले आपूmलाई अवसर र चुनौती दुवै भएको उल्लेख गर्दै मुलुकलाई धरासायी हुन नदिन खोपको जोहो गरिछाड्ने प्रतिवद्धता जनाए । आफूले सय दिनको कार्ययोजना बनाएर सबै नागरिकलाई खोप लगाउने कार्यक्रमलाई तिब्रता दिने उनको भनाइ छ ।

एनबीआई महासचिव सुरेन्द्रवीर मालाकारले श्रेष्ठको नियुक्ति निजी क्षेत्रका लागि महत्वपूर्ण क्षण भएको प्रतिक्रिया दिए ।

प्रकाशित : १४ श्रावण २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह