Logo

Banner-news

अमेरिकामा कोभिडविरुद्ध खोप लगाउनेले सय डलर पाउने


GDP Nepal
   १५ श्रावण २०७८, शुक्रबार


वासिङ्टन (एजेन्सी) । अमेरिकामा कोभिडविरुद्धको खोप लगाउने सबैले प्रतिव्यक्ति सय डलर पाउने भएका छन् ।

सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन अमेरिकी राष्ट्रपति जो बाइडनले राज्यहरूलाई आह्वान गरेका छन्।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ। आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन्।

बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए। उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ।

बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए। उनले भने, यदि हामीमाझ धेरैभन्दा धेरै खोप लगाएका व्यक्तिहरू भए भने हामी सबैलाई राहत हुनेछ।

अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन्। उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १।९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन्।

प्रकाशित : १५ श्रावण २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह