Logo

Banner-news

कम्पनीबारे अनर्गल प्रचारबाट सचेत रहन जनरल इन्स्योरेन्सको आग्रह


GDP Nepal
   १८ श्रावण २०७८, सोमबार


काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले पछिल्लो समय कम्पनीबारे भ्रम फिँजाउन विभिन्न गिरोह सक्रिय रहेको भन्दै त्यस्ता अनर्गल प्रचारको पछि नलाग्न आग्रह गरेको छ ।

इन्स्योरेन्सले सोमबार विज्ञप्ति जारी गर्दै कम्पनीबारे प्रकाशित समाचारहरुमा कुनै सत्यता नरहेको उल्लेख गर्दै बदनाम गराउने समूहबाट सचेत रहन आग्रह पनि गरेको छ ।

“विगत केहिदिन यताविभिन्नपत्रपत्रिका तथा अनलाइनमिडियाहरु प्रयोग गरी नियमनकारी निकाय बीमा समितिको समेत नाम उल्लेख गरी यस कम्पनीर कम्पनीमा कार्यरत कर्मचारीहरुको नामै उल्लेख गरी कपोकल्पित र भ्रामक समाचार सम्प्रेषण भैरहेको प्रति यस कम्पनीको गम्भीर ध्यान आकर्षण भएको छ,” विज्ञप्तिमा भनिएको छ ।

कम्पनीको स्थापनाकाल देखिको स्वच्छ शाख र समस्त लगानीकर्ता र ग्राहकवर्गको आस्थामा दिग्भ्रम सृजना गरी लगनशील कर्मचारीहरुको मनोबल गिराउन नियोजित रुपमा प्रचार भइरहेको कम्पनीको भनाइ छ ।

“काम गर्ने बातावरण नै बिथोल्ने काम भएकोले यस्ता आधारहीन, अनर्गल समाचारमा कुनै सत्यता नरहेको कुरा स्पष्ट पार्न चाहन्छौं।साथै समस्त लगानीकर्ता, ग्राहक वर्ग, सर्वसाधारण तथा शुभचिन्तकहरु भ्रमित नहुनुहुन विनम्र अनुरोध गर्दछौं,” विज्ञप्तिमा उल्लेख छ ।

जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. नियमनकारी निकायबीमा समिति बाट संचालनको अनुमति प्राप्त गरी मिति २०७५ अषाढ ०६ गते देखि निर्जीवन बीमा सम्बन्धि व्यवसायीक कारोवार संचालन गर्दै आइरहेको कम्पनी हो ।

कम्पनीमा विभिन्न व्यवसायीक घरानाका प्रतिष्ठित व्यक्तित्वहरु, विश्वसनीय विभिन्न बैंक तथा वित्तीय संस्थाहरु, विभिन्न क्षेत्रमा विज्ञ व्यक्तित्वहरुको लगानी छ ।

कम्पनीले तपाईंहरुको आवस्यकता र विश्वासमा कुनै कसर बाँकी नराखी आगामी दीनमा अझै सशक्त रुपले विश्वसनीय सेवा प्रवाह गर्दै लैजाने अठोट तथा प्रतिज्ञा पनि व्यक्त गरेको छ ।

प्रकाशित : १८ श्रावण २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह