Logo

Banner-news

श्रीराम सुगर मिल्सले भन्योः उखु किसानलाई भुक्तानी गर्न बाँकी छैन !


GDP Nepal
   १९ श्रावण २०७८, मंगलबार


काठमाडौं । श्रीराम सुगर मिल्सले उखु किसानलाई भुक्तानी गर्न कुनै पनि रकम बाँकी नरहेको जनाएको छ । उद्योगले किसानलाई ३ करोड भुक्तानी गर्न बाँकी रहेको भन्दै प्रचार गरिएकोमा आपत्ति समेत जनाएको छ ।

“उद्योगले उखु किसानहरुबाट खरिद गरेको उखुको भूक्तानी गर्न बाँकी रहेको बक्यौता रकम २०७७ पुस ३ गतेदेखि सूचारु गरी भूक्तानी गरीसकेको तथ्य ब्यहोरा हाम्रा सबै उखु किसानहरुलाई जानकारी नै छ,” श्रीरामद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “यस उद्योगले स्थानीय स्तरमा नै विभिन्न पत्रपत्रिकाहरुमा सूचना समेत प्रकाशित गरी बाँकी रहेको बक्यौता रकम बुझिलिनका लागी जानकारी गराएको र सोही बमोजिम हाम्रा उखु किसानहरुले बाँकी रहेको बक्यौता रकम बुझिलिएको समेत सबैमा अवगत गराउन चाहन्छाँैं ।”

उद्योगले कथम्कदाचित उखु किसानहरुले भूक्तानी लिन छुट भई बांकी बक्यौता रहेको भएमा आफ्नो उचित सक्कल प्रमाणसहित भूक्तानीका लागी कारखानामा उपस्थित हुन स्थानीय स्तरको पत्रपत्रिकामा सूचना प्रकाशित गरी कारखानाको सूचना पाटीमा समेत सूचना टांस गरी जानकारी गराइसकेको जनाएको छ ।

“सो भूक्तानीका लागी उद्योगको बैंक खातामा पर्याप्त मात्रामा नगद मौज्दात रहेको हुनाले सो को जानकारी स्थानीय सम्बन्धित कार्यालयहरुलाई गराई सकेको ब्यहोरा सबैमा अवगत गराउन चाहन्छाँैं,” विज्ञप्तिमा भनिएको छ ।

उखु किसानहरुले भूक्तानी लिन छुट भई बाँकी बक्यौता रहेको भएमा आफ्नो उचित सक्कल प्रमाण सहित भुक्तानी लिनका लागि फेरि आग्रह गरेको छ ।

प्रकाशित : १९ श्रावण २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह