Logo

कर्पोरेट-बजार

विज्ञ र व्यवसायी समेटेर चेम्बरमा पर्यटन प्रवर्द्धन समिति गठन


GDP Nepal
   २० श्रावण २०७८, बुधबार


काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पर्यटन क्षेत्रका विज्ञ तथा सफल व्यवसायी समेटेर पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति विस्तार गरेको छ ।

चेम्बर कार्यसमिति सदस्य अर्जुन शर्माको सभापतित्वमा गठित पर्यटन प्रवद्र्धन तथा संस्कृति समितिको सदस्यमा नेपाल पर्यटन बोर्डका पूर्व सीईओ दीपकराज जोशी, बोर्डकै वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर लगायत व्यवसायीहरुलाई मनोनयन गरिएको छ ।

समितिका अन्य सदस्यहरुमा विनय वस्नेत, युवराज श्रेष्ठ, खुमबहादुर सुवेदी, जनकराज कालाखेती, बिक्रम पाण्डे, हरिप्रसाद धरेल, देवचन्द्रलाल कर्ण रहेका छन् ।

सदस्यहरुलाई चेम्बर अध्यक्ष राजेन्द्र मल्लले मंगलबार मनोनयन पत्र प्रदान गरे । कार्यक्रममा अध्यक्ष मल्लले कोभिड १९ को महामारीले नेपालको पर्यटन क्षेत्र बढि प्रभावित भएकोले यस क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्र संग आवध्द्ध सवै निकायहरु लाग्नु पर्ने बताए ।

समितिमा नेपालको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रको विकासमा लामो अनुभव हाशिल गरेका व्यक्तिहरुकोे प्रतिनिधित्व भएकोले चेम्बरको पर्यटन प्रवद्र्धन तथा संस्कृति क्षेत्रमा गरिने प्रयाशमा महत्वपूर्ण भूमिका निर्वाह हुने उनको भनाइ छ ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह