Logo

कर्पोरेट-बजार

होटल व्यवसायी र कर्मचारी मजदुरलाई खोप उपलब्ध गराउने प्रतिबद्धता !


GDP Nepal
   २० श्रावण २०७८, बुधबार


काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले होटल व्यवसायी र कर्मचारी मजदुरलाई यथाशक्य चाँडो खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।

होटल संघ नेपालका अध्यक्ष सृजना राणा र द्वितीय उपाध्यक्ष प्रवीणबहादुर पाण्डेसँगको भेटवार्तामा मंगलबार राज्यमन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको संवेदनशीलता सरकारले बुझेको उल्लेख गर्दै प्राथमिकताका आधारमा खोप वितरण गर्ने प्रतिवद्धता जनाए ।

संघअध्यक्ष राणाले कोभिड–१९ को माहामारीबाट विस्तारै आन्तरिक पर्यटनमार्फत चलायमान हुन थालेको पर्यटन व्यवसाय दोस्रो लहरको कोभिडबाट अत्यन्तै संकटग्रस्त अवस्थामा पुगेको जानकारी गराइन् ।

अध्यक्ष राणाले विश्वका कतिपय मुलुकहरुमा कोभिडविरुद्धको खोपको मात्रा पुरा गरेका विदेशीहरु नेपाल आउन तत्पर रहेको हुँदा यस पर्यटन क्षेत्रका श्रमिक तथा व्यवसायीहरुलाई खोप उपलब्ध गराउन सके पर्यटक आगमनको सम्भावना रहेको जानकारी गराउँदै अविलम्ब पर्यटन उद्योगमा संलग्न व्यक्तिहरुलाई कोभिडविरुद्धको खोप तत्काल उपलब्ध गराउन माग गरेकी थिइन् ।

संघको अनुरोधमा होटल क्षेत्रको लागि ६० हजार खोप प्रदान गर्न स्वीकृत भई आवश्यक तयारी साथ सबै क्षेत्रीय संघहरुमा समेत जानकारी गराइसकेको तर आजका दिनसम्म पनि विशेषतः उपत्यकाबाहिर होटल क्षेत्रमा खोप नपुगिसकेको हुँदा देशैभरिबाट तीब्र रुपमा माग भई आएको जानकारी अध्यक्ष राणाले गराइन् ।

उनले होटलमा अग्रपंक्तिमा रही कार्य गर्ने कामदार तथा कर्मचारीहरुलाई खोप दिलाई पर्यटन पुनरुत्थान गर्न ढुक्क भई काम गर्न सक्ने वातावरण नभएसम्म होटल सञ्चालन गर्न नसकिने यथार्थता रहेको बताइन् ।

अहिलेसम्म खोप पाउन नसकेका देशैभरका होटलसँग सम्बन्धित व्यक्तिहरुका लागि अविलम्ब खोप वितरण गरी पर्यटन पुनरुत्थान र यस व्यवसाय सञ्चालनका लागि सुनिश्चितता प्रदान गरिदिनसमेत हानको तर्फबाट आग्रह गरिएको थियो ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह