Logo

Banner-news

बतासको इष्टर्न मोटर्स आइसरको दक्षिण एसियाकै उत्कृष्ट डिलर


GDP Nepal
   २० श्रावण २०७८, बुधबार


काठमाडौं । बतास अर्गनाइजेसन अन्तर्गतको इष्टर्न मोटर्स नेपालले आइसर मोटर्सको उत्कृष्ट डिलर अवार्ड पाएको हो । इष्टर्न एजेन्सीजले दक्षिण एसियाकै उत्कृष्ट डिलर अवार्ड प्राप्त गरेको हो ।

बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासलाई हालै आयोजित कार्यक्रममा आइसरका तर्फबाट अवार्ड प्रदान गरिएको छ । इष्टर्न मोटर्सले नेपालमा आइसर ब्रान्डका कमर्सियल भेहिकल बिक्री गर्दै आएको छ ।

अवार्ड प्राप्त गरेपछि अध्यक्ष बतासले दक्षिण एसियाका अन्य मुलुकको तुलनामा नेपालमा आइसरको बजारीकरण तथा प्रवद्र्धनमा अथक परिश्रम गरेका कारण अवार्ड पाउन सफल भएको बताए ।

अध्यक्ष बतासले नेपालको भौगोलिक अवस्था र कमजोर पूर्वाधारका कारण शक्तिशाली भेहिकलको आवश्यकता आइसरले पूरा गरेको बताए ।

इष्टर्न एजेन्सिजको बृहत बिक्री सञ्जाल, बिक्रीपछिको सेवा, वित्तीय तथा प्राविधिक सहयोग एवं ग्राहकप्रतिको समर्पणका कारण आइसर ब्रान्ड नेपालमा लोकप्रियताको सिंढी चढिरहेको अध्यक्ष बतासले जानकारी दिए ।

प्रकाशित : २० श्रावण २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह